मुख्यमन्त्रीको राजीनामा बाचन गरेर लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक सम्पन्न
लुम्बिनी प्रदेशसभाको आजको दोस्रो बैठक मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त वाचनपछि सम्पन्न भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र बाचन गरेर बैठक सम्पन्न गरेका हुन् ।
‘लुम्बिनी प्रदेश सरकारका मान्य मुख्यमन्त्री श्री शंकर पोखरेलप्रति प्रदेशसभाको विश्वास छैन भनि प्रस्तुत अविश्वासको प्रस्तावको प्रक्रिया चालू रहेको समयमा मान्य मुख्यमन्त्री श्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको ब्यहोरासहित मान्य प्रदेश प्रमुखज्यूबाट जानकारीसम्बन्धी पत्र हुन आएको छ’, उनले भने । सो सम्बन्धी पत्र बाचन गरेसँगै सभामुख घर्तीले बैठक सम्पन्न भएको घोषणा गरे ।
यसअघि आजै प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएर छलफल भएको सुरु भइरहँदा बैठक १ घण्टाका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकमा मुख्यमन्त्रीले नै राजीनामा दिएको जानकारीपछि प्रक्रिया अघि नबढाइ बैठक सम्पन्न भएको घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण