सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मौद्रिक नीति ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा

शुक्रबार, २९ साउन २०७८, १५ : ०९
शुक्रबार, २९ साउन २०७८

सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा भएको छ । सञ्चारमाध्यममा मौद्रिक नीति प्रकाशित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका हुन् । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने बताएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्री शर्माले यसबारे अर्थ सचिवसँग पनि सोधपुछ गरेका छन् । 

राष्ट्र बैङ्कको सञ्चालक समितिमा गभर्नर अध्यक्ष रहन्छन् भने सदस्य सचिवमा अर्थ सचिव रहन्छन् । सदस्यहरुमा दुई जना डेप्यूटी गभर्नर  र सरकारले नियुक्त गर्ने तीन जना सदस्यहरु रहन्छन् ।

राष्ट्र बैङ्कको मौद्रिक नीति सरकारले प्रस्तुत गर्ने बजेट जस्तै हुने भएकाले सार्वजनिक हुन अगावै लिक भएपछि यसले अर्थतन्त्रमा ‘असर’ गर्ने आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।

यता, राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले भने मौद्रिक नीति लिक नभएको दाबी गरे । ‘केहीबेरमा सार्वजनिक भइ नै हाल्छ । सार्वजनिक भएको तथ्याङ्कसँग कति मिल्छ कति मिल्दैन हेर्नुहोला नि,’ ढकालले रातोपाटीसँग भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप