१० वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेन
गुल्मीमा झन्डै १० वर्ष अघि एक जना व्यक्तिको विभत्स हत्या भएको थियो । घटना २०६९ साल पुस २८ गते हो । तर अहिलेसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।
त्यस दिन दिउँसो करिब १ बजेको समयमा जिल्लाको हाल मुसिकोट नगरपालिका–६ , साबिक कुर्घा गाविस वडा नम्बर– ९ चिदिपानीका ३६ वर्षीय विष्णु भन्ने दलबहादुर पछाई भुवाचिदी स्थित बडिगाड खोलाको दुई ढुङ्गाको बीचको कापमा ढुङ्गाले च्यापेको र दुवै हात प्लास्टिकको डोरीले बाँधेको अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीले मुचुल्का उठाउँदा ‘दुवै हात प्लास्टिकको डोरीले बाँधी टाउकोमा चोट लागी ढुङ्गाले पुरी कर्तव्य गरी फालेको अवस्थामा मृत लास फेला परेको’–उल्लेख गरेको थियो । शव फेला परेको ९ दिन अघि उनी घरबाट बेपत्ता भएका थिए । परिवारजन र गाउँवासीले खोजी गर्दै जाने क्रममा पछाईको शव त्यस्तो अवस्थामा फेला परेका थिए ।
मृतककी श्रीमती विष्णु भनेर चिनिने तुलसी पछाई भन्छिन्–‘ गरिबलाई त कसैले हेर्दा रहेनछ, म महिला मान्छे अड्डा अदालत धाउन सकिनँ, श्रीमानको हत्यारा प्रहरीले पत्ता लगाई दिन सकेन ।’
उनले शव फेला पर्नुको ९ दिन अघि आफू गलकोट आमाजूको घरमा जान हिँडेको र भुवाचिदीसम्म श्रीमान् श्रीमतीसँगै आएर आफूलाई बस चढाई दिएको उनले बताइन् । मृतकका एक छोरा एक छोरी छन् । उनकी श्रीमतीको आर्थिक अवस्था कमजोर भए पछि उनका छोरा छोरीलाई देश विदेशमा रहेका त्यस भेगका मानिसहरूले सहयोग सङ्कलन गरेर पढाइ दिँदै आएका छन् ।
मुसिकोट नगरपालिका ६ का वडाध्यक्ष खड्काबहादुर खड्काले उक्त घटनाको प्रहरी प्रशासनले पुनः अनुसन्धान गर्नु पर्नेमा जोड दिए । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले भने त्यस घटनाको फाइल पल्टाएर हेर्न सकिने तर घटना धेरै पुरानो भएकोले अनुसन्धान गर्न निकै गाह्रो हुने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण