भारतीय दूतावासले मनायो ७५ औं स्वतन्त्रता दिवस
नेपालस्थित भारतीय दूतावासले भारतको ७५ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा आज लैनचौरस्थित दूतावासमा राष्ट्रिय झण्डा फहराएर कार्यक्रमा सुरुवात गरेका थिए । त्यस अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । र भारतको स्वतन्त्रका लागि बलिदान दिएको स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । राजदूत क्वात्रले सो अवसरमा एकल महिला तथा भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका परिवारलाई ४.४५ करोड रुपियाँ वितरण गरेका थिए । साथै प्रत्येक परिवारलाई कम्बल ओढाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरूको संरक्षणको लागी ‘कला र साँस्कृतिक विरासतको लागी भारतीय राष्ट्रिय ट्रस्ट’ को वेभसाइट पनि शुभारम्भ गरेका थिए । भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका साँस्कृतिक सम्पदाहरूको संरक्षण र पुनःस्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता पनि प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण