शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गुल्मीको लकडाउन खुकुलो : निर्धारित समयमा पसल खुल्ने, गाडी पनि चल्ने

सोमबार, ३२ साउन २०७८, २० : ०८
सोमबार, ३२ साउन २०७८

जिल्ला प्रशासन कार्यालय गुल्मीले  सोमबार साँझ १२ बजे सम्म कडा पार्दै आएको लकडाउनलाई राती १२ बजे पछि  एक हप्ता सम्मका  लक गाउन खुकुलो पार्ने  निर्णय गरेको छ  । सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बसेको कोभिड सङ्कट व्यवस्थापन समितको बैठकले निषेधाज्ञालाई विगतको भन्दा केही खुकुलो पारेको सहायक जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार आगामी सोमबार राती १२ बजे सम्मका लागि  दैनिक बिहान ६ बजे देखि  दिउँसो ३ बजे सम्म सबै प्रकारका पसल , होटेल , रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था  र सरकारी कार्यालयहरू  सामाजिक दुरी कायम राख्दै खुल्ला रहने छन् ।

त्यस्तै सबै प्रकारका सार्वजनिक सवारी साधनहरू  बिहान  ६ बजे देखि साँझ ८ बजे सम्म चल्न पाउने छन् । त्यस पछि भने बिहान ६ बजे सम्म चल्न पाउने छैनन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले  लकडाउन कडा बनाई रहँदा  नागरिकहरूको कष्टकर  दिनचर्यालाई मध्ये नजर गरेर एक हप्ता सम्मका लागि केही खुकुलो पारिएको बताइन् ।

उनले सार्वजनिक यातायातका साधनहरू नचल्दा  प्रशासनको आँखा छल्दै  मनपरी भाडा लिएर यातायातका साधनहरू चल्ने पाइएको र  नागरिकहरू आर्थिक रूपले ढाड सेकाइमा पारेकोले  केही समय थोरै भए पनि राहत दिने उद्देश्यले थोरै खुकुलो पार्नु परेको धारणा राखिन् ।

विद्यालयको जमघटमा पठन–पाठन, सभा–सम्मेलन , तालिम –गोष्ठी लगायत मानिसहरूको बढी जमघट हुने कार्यक्रम भने पहिला जति कै रोक लगाइएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप