लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बोधन गर्ने
लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए । अधिवेशनमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । आज उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्नेछन्।
यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दावा कुमारी शर्माले प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसुची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले राजीनामा दिएपछि कांग्रेस, माओवादी,जसपा,जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता समेत रहेका केसी मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री विश्वास मत लिने बाहिर चर्चा चलेपनि आज लिने कार्यसूचीमा उल्लेख छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण