प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्रीलाई एमालेले गर्यो कारवाही (पत्रसहित)
नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई सांसद पद नरहने गरी कारवाही गरेको छ । कारवाहीको विवरणसहितको पत्र मंगलबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइएको हो ।
शाही र खत्री हाल प्रदेश सरकारमा सहभागी छन् ।
प्रदेशसभामा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालका अनुसार शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै चुनाव चिह्नबाट विजयी भएको र वलीले पार्टीको विधान, संसदीय दलको विधान र नियमविपरीत गतिविधि गरेको भन्दै दुवैलाई सांसद पद नरहने गरी कारवाही गरिएको विवरणसहित सभामुखलाई पत्र बुझाइएको हो ।
अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए । यस्तै वली एमाले नेता उत्तमकुमार वलीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।
शाहीले आफू स्वतन्त्र सांसद भएको दाबी गर्दै एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् । वलीले भने आफू उप निर्वाचनबाट तत्कालीन नेकपाका तर्फबाट उम्मेदवार भएकाले एमाले र माओवादी केन्द्रमध्ये कुन दलमा रहने भन्ने निर्णय गर्ने अधिकार आफूसँग सुरक्षित रहेको भन्दै हाल माओवादी केन्द्रमा रहेको बताउँदै आएकी छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण