लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध
मङ्गलबार, ०१ भदौ २०७८, १५ : २६
लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो ।
सांसद अजय बहादुर शाही र विमला वलीको बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो । दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई शुरु भएको थियो । आजको बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै भोलि १ बजेसम्म स्थगित गरेका थिए ।
सभामुखले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले अवरोध गरिरहेका थिए ।
आज बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्वोधन गर्नेदेखि विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण