संघीयता कार्यान्वयन पहिलो प्रथामिकता : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको पूर्ण कार्यान्वयन नै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । संघीयता कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुनेगरी काम गर्ने उनको प्रतिबद्धता छ ।
बुटवल उद्योग वाणिज्य संघको नवनिर्मित उद्यमशीलता कार्यक्रमको बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरूको गठबन्धनबाट बनेको सरकारले संविधान र संघीयता कार्यान्वयन गरिछाड्ने दृढता जनाए ।
मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै त्यसमा साथ सहयोग गर्न सबैलाई आग्रह गरे । उनले नीजि क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने समेत आश्वासन दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण गर्ने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवद्र्धनको काम आफैमा महत्वपूर्ण भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण