एमालेद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार दोस्रो दिन पनि अवरुद्ध बनाएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
एमालेले सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ । मंगलबार अधिवेशनको पहिलो दिन पनि एमालेकै अवरोधका कारण जम्मा ६ मिनेट बैठक बसेर स्थगित भएको थियो ।
यता प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने बताए ।
आज बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसी सम्बोधन गर्ने कार्यसूची रहेको थियो । एमालेले सूर्य चिन्ह लिएर चुनाव लडेका अजयबहादुर शाही र उपनिर्वाचनमा दाङबाट नेकपाबाट विजेता विमला वलीलाई कारवाही गरेको पत्र सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएको थियो । पत्रअनुसार उनीहरुलाई पदमुक्त गनुपर्ने माग एमालेको रहेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण