लुम्बिनी प्रदेशसभा बैठक स्थगित
बिहीबार, ०३ भदौ २०७८, १२ : १२
लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको बैठक भदौ ७ गते सम्मका लागि स्थगित भएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशनअनुसार भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
यसअघि नवौं अधिवेशनको पहिलो र दोश्रो दिन विपक्षी दल एमालेका सांसदहरुले लगातार अवरोध गरेका थिए । आज बस्ने भनिएको तेस्रो बैठक विशेष कारणबस स्थगित भएको सूचनामा उल्लेख छ । यसअघि प्रमुख विपक्षी दल एमालेले प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण