लुम्बिनी प्रदेश सभा बैठकको कार्यसूची तय, एमालेले अवरोध गर्ने
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएपनि प्रदेशसभा बैठकको कार्यसूची भने तय गरिएको छ ।
सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तय भएअनुसार कार्यसूची सार्वजनिक गरिएको हो । जसअनुसार मुख्यमन्त्री कुलप्रसाद केसीले ‘प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने छन् ।
यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले ‘प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने छन् । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण ध्वज खड्काबाट ‘आर्थिक विधेयक र विनियोजन विधेयक’ फिर्ता लिने प्रस्ताव प्रस्तुत भई सभामुखद्वारा निर्णयार्थ प्रस्तुत हुने छ ।
यता एमालेले कारबाही गरेका दुई जना सांसद अजय शाही र बिमला वलीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै आजपनि संसद अवरुद्ध गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण