कस्तूरीको बीणा र चितुवाको छालासहित ५ जना पक्राउ
सोमबार, ०७ भदौ २०७८, १४ : ४१
प्रहरीले बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित दाङका दुई छुट्टाछुट्टै स्थानबाट ५ जनालाई पक्राउ गरेको छ ।
बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्। प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेकाे बताए ।

त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छाला सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक,विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण