लुम्बिनी प्रदेश लोकसेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन
बुधबार, ०९ भदौ २०७८, २० : ३६
लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतम, आयोगका सचिव शंकर आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायतको उपस्थिति थियो ।
कार्यक्रममा आयोग अध्यक्ष भटराईले लोकसेवा आयोगले वर्षभरि गरेका काम, प्रतिवेदनमा रहेका विषयबारे संक्षिप्त जानकारी गराएका थिए । आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र वार्षिक प्रतिवदेन बुझाउनु पर्ने संवैधानिक प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण