एमाले बैठकका तीन एजेण्डा, पार्टी छाडेकालाई कारबाहीदेखि विधान महाधिवेशनसम्म
नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बस्नेगरी बोलाइएको बैठकका तीनवटा एजेण्डा तय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पहिलो एजेण्डा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने रहेको छ । त्यस्तै पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकको दोस्रो एजेण्डा छ ।
बैठकको तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ । बुधबार मात्रै एमालेबाट छुट्टिएर नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए ।
नेता नेपालले नयाँ दल गठन गर्दा ३० सांसदसहित ५५ जना केन्द्रीय सदस्य एमालेबाट लगेका थिए । उनीहरु सवैलाई आजको बैठकबाट एमालेले कारवाहीको प्रक्रिया अघि बढाउने तयारी छ ।
‘प्रक्रिया पुर्याउन आज बैठकले निर्णय गरेर स्पस्टिकरण सोध्छ, त्यसपछि कारवाही हुन्छ’, एमालेका एक स्थायी समिति सदस्यको भनाइ छ । यो कारवाहीमा माधव नेपालको पार्टीमा सनाखत नगरेका तर सो पार्टी नजिक रहेका केही केही संघीय सांसदसहित प्रदेश सांसद समेत पर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण