वाईसीएलको राष्ट्रिय भेला : काँग्रेसलाई पाठ !

माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले शनिबारदेखि सुरु भएको भेला हाईटेक प्रविधिमार्फत गरेको छ । वाईसीएलले सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडेर भेलामा हाइटेक प्रविधि अपनाएको हो । काठमाडौंमा केन्द्रीय नेताहरुको उपस्थिति र सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडिएको कार्यक्रमको प्रशंशा भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना गन्तब्य दिँदै नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले वाईसीएलले अपनाएको प्रविधि काँग्रेसको लागि पनि पाठ भएको बताए ।
उनले भने, ‘हाम्रो पनि अधिवेशन हुने कि नहुने हुने कि नहुने भनेर तंग्रिरहेको अवस्था छ, म नेपाली काँग्रेसको महासमिति सदस्य पनि हुँ । जुन माध्यमबाट तपाईँहरुले यो भेला सम्पन्न गर्न गइरहनुभएको छ । हामीलाई पनि तपाईँहरुले एउटा पाठ सिकाइरहनुभएको छ । आज हाम्रो सभापति र नेताहरुलाई कसरी व्यवस्थित गर्ने भनेर शिक्षा दिनुभएको छ, म धन्यवाद दिन चाहान्छु । ’
सोही कार्यक्रममा बोल्ने अन्य नेताहरुले पनि वाईसीएलले अपनाएको प्रविधिको प्रशंसा गरेका थिए । यसैबीच वाईसीएलले संगठनको वेबसाइट समेत सार्वजनिक गरेको छ । वेबसाइटबाट सदस्यता वितरण, नवीकरणलगायतका कामहरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण