उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई लेख्यो पत्र : चाडपर्वमा चिनीको अभाव हुन नदिन दबाब
राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री कार्यालय, सिंहदरबारलाई पत्र लेखेको छ । मञ्चले दशैं/तिहार तथा छुटजस्ता चाडपर्वमा चिनीको अभाव हुन नदिने दबाब दिँदै अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बोधार्थ गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेको हो ।
पत्रमा भनिएको छ, ‘नेपालीहरुको चाडपर्व आउँदै गर्दा देशमा चिनी अभाव हुन थालेको छ । नेपालमा उत्पादन हुने चिनीले यहाँको माग धान्दैन ।’ नेपालमा वार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनी खपत हुनेमा १ लाख ८० हजार मेट्रिक टनमात्रै चिनी उत्पादन हुने तथ्याङ्क छ । अपुग एक हजार मेट्रिक टन चिनी आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
विगतको सरकारले आपूर्ति व्यवस्था नै बिग्रिने गरी आयात बन्द गरेको आरोप समेत मञ्चले लगाएको छ । पत्रमा भनिएको छ, ‘विगतको सरकारले आवश्यकतानुसार आपूर्ति नगर्ने वा समयमा आपूर्ति व्यवस्थापन नगर्ने गरेको यथार्थ सबैको सामु छर्लङ नै छ ।’
मञ्चले विगतको सरकारलाई मात्र नभई उच्च पदस्थ कर्मचारीलाई पनि चिनीको आपूर्ति व्यवस्था खलल पुर्याएको आरोप समेत लगाएको छ । मञ्चले विगत ८–९ महिना अगाडि देखि नै बजारमा चिनीको अभाव रहँदै आएको बताएको छ । फलस्वरुप: छिमेकी मुलुक भारतमा प्रति किलो ५५ रुपैयाँ (नेपाली) मा पाउने चिनी नेपाली बजारमा १०० रुपैयाँ प्रति किलो सम्ममा पुगेको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन आपूर्ति व्यवस्था सहज गर्न अर्थ मन्त्रालयमा सहमतिको लागि पठाए पनि हालसम्म पनि अर्थ मन्त्रालयले सहमति दिएको छैन । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पत्र लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण