मन्त्री शाही डुबान प्रभावित क्षेत्रमा
लुम्बिनी प्रदेशका सरकारका विना विभागीय मन्त्री अजय शाहीले पश्चिम नवलपरासीको बाढी तथा डुबान क्षेत्रको अवलोकन गरेका छन् । केही दिनदेखि निरन्तर परेको बाढीले जिल्लाको पाल्हीनन्दन, सरावल ,प्रतापपुर र सुस्ता गाउँपालिका विभिन्न बाढी तथा डुबान प्रभावित बनाएको थियो।
आज अवलोकन गदै मन्त्री शाहीले विपत्मा परेको उद्धार र राहतको लाग प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले विभिन्न क्षेत्रमा पानीलाई सहजै निकास नहुँदा नदी, कुलानाला व्यवस्थापन गर्न र नदीमा तटबन्ध कार्य गरि उक्त क्षेत्रलाई डुबानबाट जोगाउन उचित बजेटको व्यवस्थापन गरिने मन्त्री शाहीले प्रतिबद्धता जनाए ।
डुबानका कारण प्रत्येक वर्ष पश्चिम नवलपरासीमा हुँदै आएको डुबानका कारण सयौँ बिगाहा लगाउँदै आएका बालीनाली नोक्सानी हुँदै आएको छ । प्रत्येक वर्ष जसो केही घरहरू डुबानमा पर्दै आएका छन् । मन्त्री शाही सोही जिल्लाबाट निर्वाचित सांसद समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण