पहिरोका कारण रिडी–तम्घास, रुद्रवेणी र बुटवल –तानसेन सडक अवरुद्ध
आइतबार, १३ भदौ २०७८, १० : ०५
अविरल बर्षाका कारण आएको पहिरोले आइतबार विहानदेखि गुल्मीको रिडी–तम्घास सडक र रिडी रुद्रवेणी सडक अवरुद्ध भएको छ ।
रिडी–तम्घास सडक खण्डको खनियाँरुखामा पहिरो गई अवरुद्ध भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार रिडी– रुद्रेवेणी सडक पनि साँघुरोमा पहिरो गई अवरुद्ध भएको छ ।
त्यस्तै, पहिरोले गोठ पुरिँदा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा विभिन्न ठाउँमा पशु, चौपायाहरू पुरिएका छन् । पुरिएका चौपायाहरूको उद्धार गरिएको छ ।
त्यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –तानसेन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गई अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण