पहिरोले बुटवलमा ७ घर पुरियो, १५ घरमा सामान्य क्षति
अविरल वर्षासँगै बुटवलमा सोमबार पहिरोले ७ वटा घर पुरिएका छन् भने अन्य १५ वटा घरमा सामान्य क्षति भएको छ । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर बमघाटका ७ घर पुरिएको प्रहरीले जनाएको छ ।
दिउँसो पहिरो गएको र आइतबार नै केहीलाई सुरक्षित स्थानमा सारेका कारण गएका कारण मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले रातोपाटीलाई बताए । प्रहरीका अनुसार पहिरोले अम्मर विक, सीता थकाली, तुलसा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ भने अन्य १५ घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।
यसअघि आइतबार पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको थियो । पहिरोबाट क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी र स्थानीय युवा क्लबहरू सहयोगका लागि जुटेको प्रहरीले बताएको छ । ज्योतिनगर क्षेत्रमा आइतबारदेखि नै पहिरो खतरा आँकलन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण