पाल्पामा पहिरो, तीन घरमा क्षति
मङ्गलबार, १५ भदौ २०७८, ०८ : ०३
अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा तीन वटा घर र एउटा गोठ भत्किएका छन् । तानसेन नगरपालिका–८ डुम्रेका देवबहादुर सारुको दुई तले कच्ची घर पहिरोले पूर्णरुपमा क्षति भएको छ भने सोही स्थानका खड्कबहादुर खत्रीको दुई तले घरको भुइँतलाको गारो भत्किएको छ । उनको गोठ पनि भत्किएर १४ वटा कुखुराहरु मरेका छन् ।
त्यस्तै रिब्दकोट गाउँपालिका–४, हटियाका सञ्जित कुमार राजभण्डारीको पनि दुई तले कच्ची घर भत्किको तर मानवीय क्षति भने नभएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण