मोडल निशा घिमिरेको उपचारका क्रममा निधन
अभिनेत्री तथा मोडल निशा घिमिरेको निधन भएको छ । घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज साँझ ६ः ५१ निधन भएको चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए । घिमिरेको पार्थिव शरीरलाई बिहीबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने निरौलाले जानकारी दिए ।
समाचार माध्यमबाट आर्थिक अभावमा उपचार हुन नसकेको विषयमा निशाको समाचार थाहा पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले गत २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेर अस्पतालमा उपचार थालेकी थिइन् । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको थियो ।
मंगलबार मात्र अस्पतालले एक पत्रकार सम्मेलन गर्दै निशाको अवस्था स्थिर रहेको जानकारी दिएको थियो । सो क्रममा अस्पतालले उनको उपचारका सबै प्रयास असफल रहेको जनाएको थियो । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि करिब ३ वर्षअघि भारतको देहरादून पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रतिदिन बिग्रँदै गएको थियो । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण