शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव प्रचारमा हिँडेका कांग्रेस टोलीलाई स्थानीयकै अवरोध

शनिबार, १० असार २०७४, १३ : ४९
शनिबार, १० असार २०७४


परासी–नवलपरासीको प्रतापपुर सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल गाँउपालिका अन्तर्गत पर्दछ । प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ गाउँमा आज विहान कांग्रेसका सांसद देवकरण कलवार (सन्तु) सहित कांग्रेसका उम्मेदवार टोली घरदैलो कार्यक्रम गर्न पुगेको थियो ।


 त्यहाँ कांग्रेसले घरदैलो गर्दे गर्दा स्थानीयले अवरोधको प्रयास गरेका छन् । चुनाव बहिष्कारी राजपाका कार्यकर्ता एवं स्थानीले कांग्रेसको घरदैलो कार्यक्रमलाई अवरोधको प्रयास गरेका हुन् । 

कांग्रेस सरकारले मधेशी जनताको माग पुरा नगरि बलजफती चुनाव गराउन लागेको आरोप लगाउदै उनीहरुले घरेलुहतियारसहित कांग्रेस टोलीलाई आक्रमणको प्रयास गरेको कांग्रेसका स्थानीय नेताहरुले बताएका छन् ।  सोलगत्तै कांग्रेस टोली त्यहाँबाट सुरक्षित स्थलतर्फ लागेको थियो भने प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो । 


प्रतापपुर गाउँपालिकाको वडा नं. ६ कठहवाँ राजपका बरिष्ठ नेता ह्देश त्रिपाठीको गाउँ पनि हो । नेता त्रिपाठी र कांग्रेस सांसद कलवारको एउटै वडा हो तर गाउँ ५ सय मिटर फरकमा छ । सांसद कलवारले नेता त्रिपाठीलाई गत संविधान सभाको निर्वाचनमा हराएका थिए । 


पछिल्लो समयदेखि सांसद कलावार त्यस क्षेत्रमा विभिन्न विषयमा विवादित बन्दै गएपछि कलवार प्रति त्यहाँका जनताहरु आक्रोसित छन् । त्यसैकारणले आज कलवार सहितको घरदैलो टोलीलाई लखेटका एक स्थानियले बताए । 


त्यसैबिच जिल्लाको संवेदनशिल नगरपाललिका तथा गाउँपालिकामा पनि चुनावी रगर्मी बढेको छ । 


विभिन्न दलका उम्मेदवारहरु आ–आफनो विकासका एजेण्डाहरु लिएर मतदाताको घरदैलोमा पुगी मत माग्ने गरेका छन् । सुरक्षाको दृष्टिकोणले जिल्लाको १ नगरपालिका र ४ गाउँपालिका संवेदनशिल क्षेत्र पर्दछन् । यि क्षेत्रहरु राजपाको पकड भएको क्षेत्र रहेको मानिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप