ब्राड पिटसँग परिवारलाई असुरक्षित महसुस गर्थेँ : एन्जेलिना
शनिबार, १९ भदौ २०७८, १३ : १९
हलिउड फिल्म निर्माता तथा अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिटसँग विवाह गर्दा परिवारको असुरक्षा हुन सक्ने भन्दै चिन्तित भएको बताएकी छन् ।
उनले पिटसँग वैवाहिक सम्बन्धमा रहँदा आफ्नो पूरा परिवारको सुरक्षाको चिन्ता भएको बताएकी हुन् ।
जोलीले पिटसँग सम्बन्ध बिग्रिएको लामो समयपछि सन्तान आफूमाथि पिटले हिंसा गरेको आरोप लगाएकी थिइन् । उनले पिटले छोराछोरी र आफूमाथि शारीरिक र मानसिक रुपमा दुर्व्यवहार गरेको खुलाएकी थिइन् ।
द गार्जियन अखबारलाई दिएको अन्तरवार्तामा एन्जेलिनाले आफ्ना बच्चाहरुको पालन पोषणको क्रममा पिटसँग सुरक्षाको डर भएको समेत खुलाइन् ।
उनले भविष्यमा विस्तारै पिटको व्यवहारमा परिवर्तन आउने विश्वासका साथ उनीसँग विवाह गरेको तर उनको व्यवहारमा परिवर्तन नआएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण