सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

पूर्वयोजना अनुसार आफूलाई निकालेको अक्षराको आरोप, शमिता शेट्टी बीग बोसको अन्तिमसम्म रहने खुलासा

बुधबार, २३ भदौ २०७८, ०८ : ००
बुधबार, २३ भदौ २०७८

भोजपुरी स्टार अक्षरा सिंहले बिग बोस ओटीटीबाट बाहिरिएपछि शोको विषयमा विभिन्न खुलासा गरेकी छन् । उनले आफूलाई निकालिएकोप्रति प्रतिक्रिया जनाउँदै पूर्व योजना भएको बताइन् ।

अक्षरा सिंहले करण जौहर पक्षपाती भएको आरोप लगाइन् । उनले वीकेन्ड वारमा सबैभन्दा धेरै शमिता शेट्टीलाई एक्सपोजर दिइएको पनि बताइन् । उनले करणले बताएअनुसार चार जना शोको अन्तिमसम्म रहन्छन् भनेर अनुमान लगाउन सकिने बताइन् ।

उनले शमिता शेट्टी, राकेश बापत आदिको नाम लिइन् । उनले शमिता शेट्टी शोको अन्तिमसम्म रहने पक्का भएको पनि बताइन् ।

उनले भोजपुरी कलाकारलाई हिन्दी बोल्न नआउने, अंग्रेजी नआउने भएकाले कम चर्चामा आउने भन्दै शमिताले अरुमाथि प्रभुत्व जमाउन खोजेको पनि आरोप लगाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप