आमाको निधनपछि अक्षय कुमार भन्छन्, ‘असह्य पीडा !’
बुधबार, २३ भदौ २०७८, १० : ५२
बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भटियाको निधन भएको छ । लामो समयदेखि बिरामी भएर मुम्बईस्थित हिरानन्दानी अस्पतालमा उपचार गराइरहेकी भटियाको बुधबार बिहान निधन भएको हो ।
उनको लामो समयदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
आमाको मृत्युपछि भावुक भएका अक्षयले सामाजिक सञ्जालमा पोस्ट् गर्दै आफू असह्य पीडामा भएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरी आमाले आज बिहान यो संसार छोड्नुभयो । उहाँ अर्कै संसारमा फेरि पितासँग भेट्न जानुभयो ।’
उनले आफू असह्य पीडामा भएको र आफ्नो सबै परिवार यतिबेला मुश्किल क्षणमा रहेको बताएका छन् ।
उनले सम्पूर्ण दर्शक तथा शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण