शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, २७ भदौ २०७८, १० : २८
आइतबार, २७ भदौ २०७८

आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर ११७.९१ रुपैयाँ र खरिद दर ११७.३१ रुपैयाँ तोकेको छ । यस्तै, एक यूरोको बिक्री १३९.५५ रुपैयाँ र खरिद दर १३८.८४ रुपैयाँ कायम भएको बैंकले जनाएको छ । 

यसैगरी, एक पाउण्डको बिक्री १६३.५५ रुपैयाँमा भइरहँदा खरिद १६२.७२ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री ८७.१९ र खरिद ८६.७५ रुपैयाँमा भइरहेको छ । यसका साथै, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८८.०४ र खरिद ८७.५९ रुपैयाँ तथा १० जापानी येनको बिक्री १०.७२ र खरिद १०.६७ रुपैयाँ कायम भएको छ ।

यस्तै, चिनियाँ युआनको बिक्री १८.३१ मा हुँदा खरिद १८.२२ रुपैयाँ तथा साउदी रियालको बिक्री ३१.४४ रुपैयाँमा हुँदा खरिद ३१.२८ रुपैयाँमा भइरहेको छ । यसैगरी, कतारी रियालको बिक्री दर ३२ रुपैयाँ र खरिद दर ३१.८४ रुपैयाँ कायम भएको छ ।

यसका साथै, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३१.१० रुपैयाँ तथा खरिद ३१.९४ रुपैयाँमा हुँदा मलेसियन रिंगटको बिक्री २८.५० र खरिद २८.३६ रुपैयाँ तथा १०० कोरियन वनको बिक्री १०.११ र खरिद १०.०६ रुपैयाँमा भइरहेको बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप