कहिले घर छोडे त कहिले श्रीमती–छोरीका लागि खेत धितो राखे : यस्तो छ भोजपुरी नायकको संघर्षका किस्सा
सफलता हासिल गर्नका लागि मिहिनेत, हिम्मत र लगनशीलताको जरुरी हुन्छ । धेरैपटक असफल हुँदा पनि परिश्रम जारी राख्नु नै सफलताको मूलमन्त्र हो ।
यही मन्त्र पछ्याएर भारतीय सिनेमामा रवि किशनले एक अलग पहिचान बनाएका छन् । विशेषगरी, भोजपुरी सिनेमामा उनको प्रसिद्धि ठूलो छ । उनी अहिले राजनीतिमा पनि सफल भइसकेका छन् र भारतीय जनता पार्टीबाट सांसद् बनिसके ।
आफ्ना संघर्षका दिनहरुमा रवि किशन बिहानै उठ्थे र राती बेलुकीसम्म काम गर्थे । दिनभर मिहिनत गरेर घर फर्कँदा उनी थाकिसकेका हुन्थे । घरको आर्थिक अवस्था राम्रो थिएन, तर पनि उनका बाबुले अगाडि बढ्नका लागि हौसला दिने गरेका थिए ।
मिडिया रिपोर्ट अनुसार रवि किशनकी छोरीको जन्म हुँदा अस्पतालमा तिर्ने पैसा पनि उनीसँग थिएन । त्यहीकारण उनकी पत्नी र छोरीलाई डिस्चार्ज गर्न अस्पतालले मानेन । यसपछि उनले आफ्नो खेत धरौटी राखे । त्यसपछि ब्याजमा कर्जा लिएर छोरीलाई घर लिएर आए ।
रवि किशनले एक पुरानो अन्तर्वार्तामा भनेका छन् कि उनी बाल्यकालमा रामलीलामा सीता बनेर अभिनय गर्दथे । तर परिवारका सदस्यहरुलाई यस्तो अभिनय मन परेको थिएन । त्यहीकारण उनले घरमा पिटाई समेत खानुपरेको थियो । अभिनयको अम्मली भएकैले उनले बाल्यकालमा घर छाड्ने फैसला पनि लिएका थिए । सन् १९९२ मा पिताम्बर फिल्ममार्फत् उनले सिनेमा यात्रा सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण