कृष्णाले उदित नारायणलाई देखेपछि भने, ‘तपाईंले मामा (गोविन्दा) को याद दिलाउनुभयो, असाध्यै राम्रो लाग्यो’
भारतीय हास्य कलाकार कृष्णा अभिषेकले ‘द कपिल शर्मा सो’ मा आफ्ना मामा गोविन्दालाई याद गरे । वास्तवमा आइतबारको संस्करणमा उदित नारायण पाहुना बनेर पुगेका थिए । उदितलाई देखेपछि कृष्णालाई आफ्ना मामा गोविन्दाको याद आएको रहेछ । उनले भने, ‘तपाईंलाई देखेपछि मामाको याद आयो, निकै राम्रो लाग्यो ।’
स्मरण रहोस्, कृष्णा र गोविन्दा आजकाल आफ्नो विवादका कारण चर्चामा छन् । द कपिल शर्मा सोको पछिल्लो भागमा जब गोविन्दा आफ्नी श्रीमती सुनिता आहुजासँग पाहुना बनेर पुगेका थिए त्यतिबेला कृष्णाले उक्त भागमा आफ्नो प्रस्तुति दिन अस्वीकार गरे । त्यसपछि गोविन्दाकी श्रीमती सुनिताले एक अन्तरवार्तामा कृष्णाको मुख नै हेर्न नचाहेको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘कृष्णा अभिषेकले त्यो भागमा प्रस्तुति नदिनका लागि मेरो परिवारबारे जे जति कुरा गरे, त्यसले मलाई कति दुःखी बनाएको छ भनेर म तपाईंलाई भन्न सक्दिनँ ।’
कृष्णाले आफूले कुनै बखेडा निम्त्याउन नचाहेको भन्दै उक्त कार्यक्रममा प्रस्तुति दिन नलागेको बताएका थिए ।
अघिल्लो वर्षको नोभेम्बरमा गोविन्दाले एउटा वक्तव्य जारी गर्दै आफ्नो मत राखेका थिए र आफ्नो घरभित्रको कुरा सार्वजनिक नगर्ने बताएका थिए । गोविन्दा आफ्नो कुरामा अडिग रहे ।
यता सुनिताले भनिन्, ‘म एक पटक पुनः के दोहोर्याउन चाहन्छु भने हामी आपसमा दूरी कायम गर्न चाहन्छौँ । तर कुरा अब कतिसम्म बढिसकेको छ भने मलाई लाग्छ यो विषयमा कुरा गर्नु नै पर्छ । म आफ्नो जीवनमा कहिल्यै पनि कृष्णाको अनुहार हेर्न चाहन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण