रोल्पामा भीरबाट लडेर आमा-छोरीको मृत्यु
बुधबार, ०६ असोज २०७८, १३ : २३
रोल्पामा भीरबाट लडेर आमा छोरीको मृत्यु भएको छ । बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्ध तलाउमा मृतावस्थामा फेला परेका छन् । डुडुवा १ बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी–६ भुरीडाँडा जंगलको तलाउमा मृत्त अवस्थामा फेला परेका हुन् ।
घरबाट मालपोत कार्यालय नेपालगञ्ज जान्छु भनि हिँडेका उनी घर परिवारको सम्पर्कमा आएका थिएनन् । उनको शव तलाउमा फेला परेपछि प्रहरीले थप अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण