शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

बिहीबार, ०७ असोज २०७८, १५ : ४९
बिहीबार, ०७ असोज २०७८

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई देख्ने बित्तिकै मानिसहरुले आफ्ना श्रीमती लुकाउने गरेको कुरा बताएका थिए ।

चोपडाले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भनेका थिए, ‘साँच्चै हो, मानिसहरु मलाई देख्ने बित्तिकै आफ्ना श्रीमती लुकाउँथे । म उनीहरुको नजिक गएर कुरा गर्दा वास्तविक जीवन म उनीहरु जस्तै मानिस हुँ भन्ने थाहा पाउँदा उनीहरु दङ्ग पर्दथे । म वास्तवमा नै कुख्यात डाँका हो कि भन्ने मानिसहरुले ठान्थे तर मैले यसलाई मेरो तारिफको रुपमा हेर्थेँ र सोच्थेँ कि म आफ्नो काम राम्रोसँग गरिरहेकी छु ।’

डाक्टर बनाउन चाहन्थे पिता
प्रेम चोपडा ६ भाइ बहिनीमध्ये तेस्रो नम्बरमा पर्छन् । लाहौरमा जन्मिएका प्रेम चोपडाको परिवार विभाजनपछि शिमला, हिमाचल प्रदेशमा बसाई सरेको थियो । त्यहाँ नै उनी हुर्के, बढे, पढे । प्रेम चोपडाले पञ्जाब युनिभर्सिटीबाट ग्रेजुएशन गरेका हुन् । यतिबेला उनी नाटकमा भाग लिने गर्दथे । प्रेम चोपडाका पिता उनलाई डाक्टर बनाउन चाहन्थे तर उनी ग्रेजुएशन गरेपछि मुम्बई गए र उनले चाँडै नै बलिउडमा प्रवेश पाए । यसैबीच क्यान्सरका कारण उनकी आमाको निधन भयो । यतिबेला उनकी बहिनी अञ्जु ९ वर्षकी मात्रै थिइन् । अञ्जुको जिम्मेवारी अब प्रेम चोपडाको काँधमा थियो । अञ्जुलाई प्रेमले आफ्नी पहिलो छोरी ठाने र उनको पालन–पोषण गरे ।

राजकपुरकी श्रीमती कृृष्णाकी बहिनी उमासँग विवाह गरे
प्रेम चोपडाको विवाह राज कपुरकी श्रीमती कृष्णाकी बहिनी उमासँग भएको हो । चर्चित लेखक तथा निर्देशक लेख टन्डनले प्रेमलाई यो विवाहको प्रस्ताव पेश गरेका थिए । स्मरणरहोस्, उमा र कृष्णा बलिउड अभिनेता राजेन्द्र नाथ र प्रेम नाथका बहिनी हुन् । उमा र प्रेम चोपडाका तीन छोरी छिन् । रकिता, पुनिता र प्रेरणा छन् । उनका ६ नाती–नातिना छन् ।

हिरो बन्न चाहन्थे प्रेम चोपडा

प्रेम चोपडाले एक अन्तरवार्तामा भनेका थिए, ‘अन्य कलाकार झैं म पनि सुरुमा हिरो बन्न चाहन्थेँ । केही पञ्जाबी फिल्ममा मैले हिरोको रुपमा काम पनि गरेँ र त्यसलाई रुचाइयो पनि । तर हिन्दी सिनेमामा मैले हिरो वा मुख्य अभिनेताको रुपमा जति पनि फिल्ममा काम गरेँ, ती फ्लप रहे । यदि तपाईंको फिल्म फ्लप भयो भने तपाईंले यहाँ धेरै काम पाउनुहुन्नँ । मलाई नेगेटिभ भूमिका अफर भयो र मैले त्यो स्वीकार गरेँ । रोचक कुरा के रह्यो भने यी भूमिकाको जादू दर्शकमाथि पर्यो ।’

प्रेम चोपडाले आफ्नो करियरमा ‘शहीद, बबी, बेताब, गुप्त, कोई मिल गया’ समेत करिब ३८० भन्दा बढी फिल्ममा काम गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप