ईपीएलका लागि पोखरा राईनोज तयार, विनोद भण्डारीले कप्तानी गर्दै
शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चुनौती पेश गर्नका लागि पोखरा राइनोजले सम्पूर्ण तयारी पूरा गरेको छ। प्रतियोगिताका लागि आफ्नो टिम तयार अवस्थामा रहेको टोलीकी मालिक दीपा अग्रवालले बताइन्। टिम डाइरेक्टर दीपेन्द्र चौधरीले टोलीमा नेपालका युवा खेलाडी र अनुभवी विदेशी खेलाडीक‍ो समिश्रण रहेको बताए ।
राष्ट्रिय टिमका तीन र चार विदेशी खेलाडी सम्मिलित टोलीमा युवा खेलाडीको बाहुल्यता छ । टोलीको कप्तानी विनोद भण्डारीले गर्दैछन् । भारतीय प्रशिक्षक उमेश पट्वालले टोलीलाई प्रशिक्षण दिदैंछन् । पट्वालले उपाधि जित्ने लक्ष्यसहित तयारी अघि बढाइएको बताए ।
यस्तो छ टोली :
खेलाडी : विनोद भण्डारी, सुशन भारी, देवशाह, विपिन रावल, अर्जुन कुमाल, विक्रम सोब, विपिन खत्री, ल‍ोकबहादुर बम, रित गौतम सुनिल धमला, विवेककुमार यादव, रविन्द्र शाही, किशोर महतो, नन्दनयादव,सोहिल कुँवर, रिचर्डलेभी, साहन अरासिने, केस्रिक विलियम्स, असेला गुणरत्ने।
प्रशिक्षक तथा सपोर्ट स्टाफ : उमेश पट्वाल (मुख्यप्र शिक्षक), दीपेन्द्र चौधरी (टिम डाइरेक्टर), शक्ति गौचन (बलिङ प्रशिक्षक), रिजन प्राजो (फिल्डिङ प्रशिक्षक), विक्रम न्यौपाने (फिजिय‍ो), गोकुल अत्रेय (टिमएनालिस्ट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्राथमिकतामा सहकारी मुद्दा, अन्य काम ‘तामेली’मा
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित