श्रीमान्को कुटेर हत्या गरेको आशङ्कामा श्रीमती पक्राउ
कुटपिटका कारण एक पुरुषको मृत्यु भएको आशङ्कामा प्रहरीले उनको श्रीमतीलाई पक्राउ गरेको छ । पाल्पाको मिसन अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा निवासी ४८ वर्षीय रमेश ज्ञवालीको अघिल्लो रात श्रीमतीको कुटपिटका कारण भएको प्रहरीको आशङ्का छ ।
अघिल्लो रात घरमा झगडा भएको र पछि हारगुहार गर्न जाँदा मृतककी श्रीमती पुष्पा ज्ञवालीले आगो फुक्ने फलामको ढुङ्ग्रीले संवेदनशील अङ्गमा प्रहार गरेर घाइते बनाएको आफूहरूले देखेको मृतकका दाजु पदम ज्ञवालीको दाबी छ । उनको बयान लगत्तै गुल्मी प्रहरीले पाल्पा प्रहरीलाई सम्पर्क गरि शव पोस्टमार्टमका लागि बुटवल पठाएको छ ।
त्यस्तै, मृतककी श्रीमतीलाई पाल्पाबाटै नियन्त्रणमा लिई आज श्रृंगा प्रहरी चौकीमा ल्याएर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले आफूले अलि अलि घचेटेको तर त्यसरी नकुटेको बयान दिएको प्रहरी प्रमुख भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण