शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला

शुक्रबार, ०१ साउन २०८३, १९ : १३
शुक्रबार, ०१ साउन २०८३

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले शुक्रबार पत्रकार सम्मेलन गरेर आवेदन खुला गरिएको जानकारी दिएको हो । 

‘मिस युनिभर्स नेपाल २०२६’ मा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्नेछन् । साथै नेपाल बाहिर रहेका गैर आवासीय नेपालीले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

यस वर्षको प्रतियोगिता ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने नारासहित आयोजना हुँदै छ ।  

नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमका लागी अझ भव्य तयारी गरेको बताइन् । फिनाले आगामी भदौ २१ गते काठमाडौँमा हुनेछ । 

मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारी भएकी थिइन्। यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक वकालत र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइएको छ। प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्।

आयोजकका अनुसार इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप