शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर

शुक्रबार, ०१ साउन २०८३, १९ : १९
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ।
  • बैठकले भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव, सुशीला अर्याललाई सामाजिक विकास मन्त्रालय र दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी तोकेको छ।
  • यसैगरी, बैठकमा आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगतिको समीक्षा गरिएको छ र प्रमुख सचिवले ओ एन्ड एम सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएका छन्।

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ। 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ। बैठकको निर्णयअनुसार प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

हाल उक्त मन्त्रालयमा कार्यरत सचिव सुशीला अर्याललाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी तोकिएको छ।

मन्त्रिपरिषद् बैठकमा आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७.७७ प्रतिशत र पुँजीगततर्फ ६६.८० प्रतिशत बजेट खर्च भएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो।

यसैबिच प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई बुझाएका छन्। उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने प्रवक्ता घिमिरेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप