यी हुन् रुपन्देही प्रहरीका चाडपर्व लक्षित १० विशेष सुरक्षा योजना
रुपन्देही प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा १० वाट योजना कार्यान्वयन ल्याएर चाडपर्वलाई हुने अपराध रोक्ने जनाएको छ ।
हिन्दुहरूको चाड बडा दसैँ, शुभ दीपावली र छठ पर्व–२०७८ लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताएका छन् ।
यो अवधिभर रुपन्देहीमा ९४४ जना प्रहरी परिचालन गर्ने प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीका १० चाडपर्व लक्षित विशेष सुरक्षा योजना यस्ता छन् ।
१ कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसङ्गति, विकृति विरुद्ध प्रहरी परिचालन गर्ने ।
२ सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई सख्त कारबाही गर्ने ।
३. प्रत्येक प्रहरी इकाईमा प्रहरी टोली क्यु आर टी को रूपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने ।
४. चाडपर्वको समयमा बढी पटका,आतिसबाजीको प्रयोग हुने भएकोले सो हुन गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारबाही गर्ने ।
५. सबै खाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधिहरूको सूचना सङ्कलन गरी प्रहरी परिचालन गर्ने ।
६.हाई वे हरूमा रात्रिको समयमा सवारी क्रम गस्तीको व्यवस्था गर्ने।
७. बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड/कार्यालय सहयोगीहरूसँग समन्वय सहितको सुरक्षा व्यवस्था मिलाउने ।
८. विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साइकल, मोटर साइकल र गाडी गस्ती परिचालन गर्ने ।
९. वेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई सुरक्षित यात्राको प्रत्याभूति दिने ।
१०. चाडपर्वको समयमा बढी भिडभाड हुने बजार, हाटबजारहरूमा पैदल गस्ती, मोबाइल गस्ती गरी विभिन्न प्रकारका आपराधिक क्रियाकलापहरू विरुद्ध प्रहरी परिचालन गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण