पूर्णरूपमा खुल्यो जमुनाह नाका
नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ । सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्णरूपमा खुला गरिएको छ । कोरोना पूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिए पनि स्वस्थ मापदण्डमा भने कडाइ नै रहनेछ ।
कोरोना सङ्क्रमण बढेपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्नलगायत सामग्री बोक्ने सवारी साधन निर्वाध रूपमा सञ्चालन भए पनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।
भारतले पनि नेपाली निजी सवारी साधन प्रवेशमा रोक लगाउँदै आएको थियो । यसअघि नाकामा पैदल यात्रुलाई मात्र आउजाउ गर्न दिइएको थियो । भारतीय सुरक्षा बल एसएसबीले पनि नाकामा सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
मन्त्रिपरिषद्को बैठकले विभिन्न मापदण्ड पूरा गरेर भारतीय निजी सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयानुसार जमुनाह नाका भएर सवारी साधन सञ्चालन भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण