पूजा र पुष्प मायामा ‘सरर’
सोमबार, १८ असोज २०७८, ११ : १३
दसैँ नजिकिँदै गर्दा योसँग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ । यस्तैमा गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ ल्याएकी छन् । गीतकार राजेश शाक्यको शब्द, कल्याण सिंहको संगीत रहेको गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । भिडियोमा अभिनेत्री पुजा शर्मा र अभिनेता पुष्प खड्काको अभिनय देख्न सकिन्छ ।
ज्ञानेन्द्र शर्माले छायाँकन, विजयराज भुर्तेलको सम्पादन रहेको भिडियो देव धिमालले निर्देशन गरेका हुन् । पछिल्लो समय अमेरिकाको मेरिल्याण्ड निवासी गायिका शाक्यका ५ दर्जन बढी गीतहरु बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण