बाँके र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु
बाँके र बर्दियामा भएका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको हो ।
भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा भे ९ प ७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–१ बस्ने २१ वर्षीय दिपक बुढामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण