आजको मौसम कस्तो रहला ?
शुक्रबारबाट नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबारबाट यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको जनाएको छ ।
महाशाखाले हाल प्रदेश नं १ र बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा सामान्यतया सफादेखि आंशिक बदली भइरहेको जनाएको छ। र, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण