लुम्बिनी सरकार कृषि मैत्री बन्दै गएको छ : मन्त्री रायमाझी
शनिबार, २३ असोज २०७८, १२ : १२
लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरेकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताइन् ।
उनले विगतमा भएका ठुला–ठुला अनुदानका कार्यक्रमहरु हटाएर वास्तविक किसानले लाभ लिन सक्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले कोरोना महामारीपछि विदेशमा भएका युवाहरुले स्वदेशमै लगानी गर्न चाहेको बताउँदै उनीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले किसानलाई व्यवसायीकरण गर्नका लागि बजारीकरणको विशेष नीति ल्याउनुपर्ने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण