रेखासँग पहिलो भेटको एक महिना पछि विवाहको प्रस्तावसहित घर पुगेका थिए मुकेश, विवाहको ७ महिनापछि नै झुण्डिए
बलिउड नायिका रेखा ६७ वर्षकी पुगिन् । उनको जन्म १० अक्टोबर सन् १९५४ को चेन्नईमा भएको थियो । रेखाको नीजि जीवन निकै विवादास्पद रह्यो । यासिर उस्मानको किताब ‘रेखाः द अनटोल्ड स्टोरी’ मा उनको जीवनका विभिन्न पाटोबारे चर्चा गरिएको छ । यसमा उनको विवाहको किस्सा छ । किताबमा बताइए अनुसार रेखा श्रीमान् मुकेश अग्रवालसँग किन टाढा भइन्, किन उनी श्रीमानसँग विवाहको तीन महिनापछि नै बोर भएकी थिइन्, किन उनको विवाह वर्षदिन पनि चल्न सकेन र विवाहको सात महिनापछि नै मुकेशले किन आत्महत्या गरेका थिए भन्नेबारे जानकारी दिइएको छ ।
जब मुकेशले गरे रेखालाई विवाहका लागि प्रस्तावः
यो किताबका अनुसार ४ मार्च सन् १९९० को अपरान्ह (पहिलो भेटघाटको एक महिनापछि) मुकेश अग्रवाल सुरिन्दर कौर (रेखाकी साथी) सँग रेखाको घरमा पुगे र विवाहको प्रस्ताव राखे । रेखा मुकेशको उत्साह देखेर अवाक थिइन् । रोचक कुरा यो थियो कि दुबैका परिवारका सदस्य मुम्बईमा थिएनन् । यति हुँदा हुँदै पनि उनीहरुले विवाहका लागि निर्णय गरे ।
बेलुका रेखाले रातो रङको कांजीवरम साडी लगाइन् र मुकेशसँग विवाहका लागि मुम्बईको मुक्तेश्वर देवालय पुगिन् । नजिकै एउटा इस्कन मन्दिर पनि छ । तर भीडका कारण उनीहरु त्यहाँ जान सकेनन् । राती जब मुकेश र रेखा मुक्तेश्वर देवालय पुगे तब त्यहाँका पुजारी सञ्जय बोडस सुतिसकेका थिए । मुकेशले उनलाई उठाए र आफूहरु विवाह गर्न चाहेको बताए । सञ्जय रेखालाई देखेर चकित खाए किनभने उनी ती सेलिब्रिटीमध्ये एक थिइन् जो त्यो मन्दिरमा दर्शनका लागि धेरैजसो जाने गर्दथिन् । राती साढे १० बजे विवाहको मन्त्र पढियो । त्यतिबेला मुकेश ३७ वर्षका थिए भने रेखा ३५ वर्षकी थिइन् ।
जब हेमाले सोधिन्, ‘के उनी साह्रै धनी छन् ?’
विवाहपछि मुकेशले रेखालाई केही फिल्मस्टार साथी भएठाउँ गएर खुसीको खबर दिनुपर्ने बताए । तर रेखालाई यो कुरा चित्त बुझेन । उनले अकबर खान, सञ्जय खान र हेमा मालिनीको घरमा जाने इच्छा व्यक्त गरिन् । साथी सुरिन्दर कौरलाई लिएर उनी हेमा र धर्मेन्द्रको घर पुगिन् । यतिबेला हेमाले उनीहरुलाई निकै गहिरिएर हेरिन् र भनिन्, ‘अब यो नभन कि तिमीले यी व्यक्तिसँग विवाह गरेका छन् ।’
रेखाले जवाफ दिइन्, ‘हो, साँच्चै नै मैले यस्तै नै गरेँ । ’ पछि हेमाले सोधिन्, ‘के उनी साह्रै धनी छन् ?’ तर रेखाले यसको कुनै जवाफ दिइनन् ।
विवाहको २४ घण्टापछि नै उनीहरु हनिमूनमा गएका थिएः
विवाहको २४ घण्टापछि नै रेखा र मुकेश हनिमुनका लागि लण्डन गएका थिए । सुरुवाती दिन निकै राम्रा बिते । किनभने मुकेश र रेखा पहिलो पटक एक्–अर्कासँग समय बिताइरहेका थिए । तर हप्तादिन भित्रै रेखालाई महसुस भयो कि उनी र मुकेश एक–अर्काभन्दा निकै भिन्न छन् । मुकेशले एकैदिन थुप्रै औषधी खानुपर्दथ्यो, यो कुराले पनि रेखालाई असहज बनाएको थियो । त्यसपछि रेखाले ‘अब जीवनभरी सँगै बस्नु नै छ, यस्ता कुराहरु नजरअन्दाज गर्नुपर्छ’ भनेर सोचिन् । उनी आफूसँग धेरै कुरा गर्थिन्, ‘मैले यी व्यक्तिलाई सफल बनाउनु छ । के रेखाले चाहेको कुरा हासिल गर्न सक्दिनन् ?’
यी दुईले लण्डनमा एक हप्ताभन्दा बढी समय बिताए । रेखालाई महसुस हुन थालेको थियो कि मुकेशलाई केही कुराले असाध्यै तनाव दिइरहेको छ । विवाहको केही महिनापछि नै यी दुईबीच खटपट सुरु भयो र दुई अलग बस्न थाले ।
विवाहको एक वर्ष पूरा हुनै लाग्दा मुकेशले आफ्नो नीजि समस्यासँग आजित भएर आत्महत्या गरे । मुकेशले आत्महत्या गर्दा थुप्रै मानिसहरुले रेखालाई दोषी ठहर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण