नाकामा तालिमप्राप्त कुकुर परिचालन
नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका छन् । नेपाल प्रहरीका दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस तथा सवारीसाधनलाई जाँच गरेको थियो । लब्लीले विष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषधसम्बन्धी जाँच गरेको थियो ।
सीमावर्ती भारतीय सहर रुपैडिहाबाट अवैधरूपमा लागुऔषध आयात हुने गर्दछ । नाकामा खटिएको प्रहरीले विशेष सुराकी र शङ्काका आधारमा जाँच गर्दा बेला–बेलामा लागुऔषध बरामद हुने गरेको छ । तालिमप्राप्त कुकुर परिचालनपछि सीमा क्षेत्रबाट हुने अवैध लागुऔषधको कारोबार तथा आपराधिक कार्य रोक्नमा ठूलो सहयोग हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
नेपालगञ्ज नाकामा यतिबेला दसैँ मान्न आउनेको भीडभाड छ । उक्त नाका खुलेसँगै सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ताको पनि भीडभाड बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण