रोल्पामा जीप दुर्घटना, चालकको मृत्यु
आइतबार, २४ असोज २०७८, १५ : ३२
रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोवर्द्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् । रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण