पक्की घरमा दसैँ मनाउँदै बोटेमाझीहरु
सदियौँदेखि खोलामा माछा मार्ने र सोही खोला किनारमा स–साना झुपडी र अस्थायी टहरामा जीविका चलाउँदै आएका गुल्मीको सत्यवती गाउँपालिकाका अति सीमान्तकृत बोटेमाझी समुदायले पहिलो पटक व्यवस्थित पक्की घरमा दसैँ मनाउने भएका छन् ।
सत्यवती गाउँपालिका–६ जोहाङ्ग र वडा नम्बर १ रुद्रवेणीका बोटेमाझीहरु बडिगाड खोला किनार छेउमा अस्थायी टहरामा गुजारा गर्दै आएका थिए । अहिले डेढ करोड खर्चेर गाउँपालिकाले २३ वटा पक्की घर बनाइ दिएपछि उनीहरूका लागि यसपालिको दसैँ ऐतिहासिक र उत्साहमय बन्न लागेको हो ।
वडा नम्बर ६ मा १४ वटा र वडा नम्बर १ मा ९ वटासहित २३ वटा पक्की घर निर्माण सम्पन्न भइसकेको छ । ती घर उनीहरूलाई हस्तान्तरण गरी पक्की घरमै दसैँ मनाउने तयारी भइरहेको गाउँपालिका प्रमुख पारिश्वर ढकालले जानकारी दिए ।
निर्माण भएका घरहरूमा अलगै भान्छा कोठा, प्रत्येकमा पानी धारा, व्यवस्थित शौचालय र सुत्ने कोठा छन् । पक्की घर पाउने भएपछि आफूहरू निकै खुसी भएको जोहाङ्गका प्रेम बोटेमाझी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण