बसको ठक्करबाट दुईको मृत्यु
सोमबार, २५ असोज २०७८, २२ : ००
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
काठमाडौँदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नंको बसले आज दिउँसो पौने दुई बजेतिर ठक्कर दिँदा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको प्रमुख मल्लले जानकारी दिए ।
बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्र्तगत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेपछि लामो र छोटो दूरीका सवारी साधनहरु रोकिएका छन् । पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण