आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि दिउँसो: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिवार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण