आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि दिउँसो: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिवार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक