क्रिष्ट्रियन मिसनरी समूहका १७ जना बन्धक, हत्या गर्ने हैटीका गुण्डा नेताको धम्की
हैटीको ४०० माओजो ग्याङका नेता विल्सन जोसेफले बन्धक बनाइएका १७ जना अमेरिकीहरुलाई मार्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएर बन्धकहरूलाई हत्या गर्ने चेतावनी दिएका हुन् ।
अमेरिकाको ओहियोस्थित क्रिष्ट्रियन एड मिनिस्ट्रीज नामक मिसनरी संस्थाले यी व्यक्तिहरुलाई हैटी पठाएको थियो । आफ्ना सदस्यहरु पक्राउ परेपछि यस संस्थाले एक दिन व्रत बस्न र रिहाइका लागि यशुको प्रार्थना गर्न बिहीबार आग्रह गरेको छ ।
‘यदि मैले मागेको कुरा पाइँन भने म यी अमेरिकीहरुको टाउकोमा गोली हान्नेछु,’ जोसेफले भिडियोमा भनेका छन् । अघिल्लो हप्ता हैटीका अधिकारीहरुले यो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर फिरौती मागेको जनाएको थियो ।
हैटीमा पछिल्लो समय सुरक्षा व्यवस्था निकै खराब छ । क्रिष्ट्रियन मिसनरीहरु अपहरणमा परेको केही समयपछि १८ अक्टोबरमा सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने माग गर्दै हैटीका कामदारहरूले आम हड्ताल सुरु गरेका थिए । बिहीबार लगातार पाँचौ राजधानी पोर्ट एयु प्रिन्समा प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् विभिन्न ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण