ड्याममा डुबेको अवस्थामा महिलाको शव फेला
शुक्रबार, ०५ कात्तिक २०७८, १७ : ३६
गुल्मीको चन्द्रकोट गाउँपालिकाको विद्युत उत्पादन गर्ने ड्याममा डुबेको अवस्थामा शुक्रबार एक महिलाको शव फेला परेको छ । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार बस्दै आएकी ६५ बर्षीया रत्नकला आचार्यको शव सोही पालिका–६, हेरवास्थित लघुवित्तको ड्याममा डुवेको अवस्थामा शव फेला परेको हो ।
बिहीबारदेखि घरबाट हराएकी उनलाई खोजी गर्ने क्रममा उक्त स्थानमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार घरमा श्रीमान श्रीमती बस्ने गर्दथे । उनीहरुको पुर्ख्यौली घर बाग्लुङ्ग बरेङ्ग गाउँपालिका–३ मा हो । यो सहित लुम्बिनी प्रदेशमा पछिल्लो ५ दिनमा ५ जनाको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण