सल्यानमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते
सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार विहान करिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप कपुरकोट ३ स्थित मूलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए । दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सीपुरमा भइरहेको छ ।
घाइतेहरूमा बागचौर नगरपालिका वडा न १ का निवासी अन्दाजी १४ वर्षीय आयुष बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बानपा २ का अन्दाजी २७ वर्षीय सीता वली, २८ वर्षीय बबिता रावल र निजको ११ वर्षीय छोरी एसीका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ । बबिताको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, बानपा २ कै १९ वर्षीय अर्जुन केसीको अवस्था सामान्य छ । उनको कपुरकोटस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट एक सय मिटरभन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण